Logo

समाचार

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १० जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार आइतबार २१ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

हाल देशभर २०१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ५३ बजे