Logo

समाचार

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार आज थप २१ जना कोरोनामुक्त भएका छन् । कोरोनाका कारण आज कसैको मृत्यु भएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : ५७ बजे