Logo

Breaking News 1

त्रिभुवन विमानस्थलमा बम नभएको पुष्टि, हल्लाले केहिवेर विमान रोकिए, अबस्था सामान्यतर्फ



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो ।

फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएको पाइएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको थियो ।

भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले भ्रामक सूचना दिने उपर अनुसन्धान भइरहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य अवस्थामा फर्किएको छ । अज्ञात व्यक्तिले विदेशबाट फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलको ६ ठाउँमा बम राखेको हल्ला फैलाएपछि तनावपूर्ण अवस्थामा रहेको विमानस्थलमा केही नभएको पुष्टि भएपछि करिब एक घण्टापछि अवस्था सामान्य बनेको हो । यद्यपि पूर्व निर्धारित फ्लाइट केही समय पर सरेको छ ।
अहिले विमानबाट झारिएका यात्रुहरुलाई प्रवेश दिइएको छ भने अन्यलाई पनि उडान तालिकाअनुसार प्रवेश दिइने विमानस्थल कार्यालयले जानकारी दिएको छ । यसअघि विदेशबाट हिन्दी भाषामा बोल्ने व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा ६ वटा बम भएको जानकारी दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका ड्युटी अफिसरले फोन उठाउने बित्तिकै ‘सलामवालेकुम’ भनेर सम्बोधन गर्दै हिन्दी भाषामा डोमेस्टिक टर्मिनलमा बम भएको भन्ने भ्रामक सूचना सुनाउँदै फोन काटेका थिए ।

त्यसपछि प्राधिकरणका अधिकारीले सुरक्षा निकायमा जानकारी गराएसँगै सर्च अप्रेशन चलाइएको थियो । सेनाको बम डिस्पोजल टोलीसहितका सुरक्षाकर्मीले सर्च गर्दा केही नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : ३४ बजे