Logo

समाचार

केशव स्थापितले चुनावी फाइदाका लागि मधेशको आत्मसम्मानमा चोट पुर्याए: कांग्रेस नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थपितले मधेशको आत्मसम्मानमा चोट पुर्याएको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलै खेलेको साम्प्रदायिक र ध्रुबिकरणको खेल अहिले स्थापितले चुनावी फाइदाका लागि खेलिरहेको आरोप लगाएका हुन् ।

केही दिनअघि एक कार्यक्रममा स्थापितले काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहालाई ‘मधेशको ठग’ भएको तुच्छ टिप्पणी गरेका थिए ।

सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याउनु भएको छ । साम्प्रदायिक घृणा र धुर्बिकरणको यो घिन लाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नु भएको हो।’

पौडेलले सार्वजनिक मञ्चबाट नै महिलामाथि हिंसा भइरहेको पनि उल्लेख गरेका छन् । पौडेलले स्थापित काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनित मेयर बनेको, डा. बाबुराम भट्टराई सरकारको पालामा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको पनि स्मरण गराउँदै काठमाडौंका जनताले एमाले अध्यक्ष केपी ओलीबाटै पनि अघाउने गरी गफ सुनिसकेको बताएका छन् ।

‘रहयो, योजना र कार्यक्रममा स्थापित ले निर्वाचित मेयरको रुपमा पूरै पाचँ वर्षको कार्यकाल पूरा गरिसक्नु भएको हो ।शाही शासनकालमा ज्ञानेन्द्र्को मनोनीत मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नु भएको हो। त्यतिले नपुगेर डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुदा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो । अहिले अचानक अर्कौ ग्रहबाट पहिलोपटक काठमाण्डौ ओर्लेजस्तो गरी चुनावी फण्डा गरिरहनुभएको छ । हिंसा, विद्वेष ,सिद्धान्तहीनता र अवसरवाद काठमाडौं को रोजाइ हुन सक्दैन । हावा गफ त ओली जी बाटै टन्न अघाउने गरी सुनिसकेका छौँ, उनले लेखेका छन् ।’

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ४९ बजे