Logo

Breaking News 1

एमालेबाट गाउँपालिका अध्यक्ष उठेका विष्टको दोहोरो नागरिकता, एउटा ओखलढुंगाबाट अर्को काठमाडौंबाट !



काठमाडौं । नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका होमबहादुर विष्टविरुद्व उजुरी परेको छ ।

विष्टले दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी उजुरी परेको हो । उनको ओलखढुंगा र काठमाडौंबाट छुट्टाछुट्टै नाममा दोहोरो नागरिकता लिएको प्रमाणसहित उजुरी परेको हो ।

दुई जिल्ला प्रशासन कार्यालयबाट फरक-फरक नाममा जारी भएका नागरिकताको फोटोकपीसहित जिल्ला प्रहरी कार्यालयमा ओखलढुंगामा उजुरी परेको छ।

ओखलढुंगाबाट पहिलो पटक २०४७ असोज २९ गते १८३५/४५४ नम्बरको होमबहादुर बिष्टको नाममा नागरिकता लिइएको र काठमाडौंबाट समेत २०५१ सालमा असार २१ गते होमबहादुरले नै मिलनकुमार विष्टको नामबाट नागरिकता लिइएको पाइएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ५१ बजे