Logo

अर्थ

मंगलबार एक हजारले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजारले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ५२ बजे