Logo

Breaking News 1

सुनिता डंगोलले शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै अख्तियारमा उजुरी, महिनाको तलब ८० हजार !



काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

डंगोलले शैक्षिक योग्यता ढाँटेर काठमाडौं महानगरपालिकाको शहरी विकास परियोजनाको सल्लाहकारका जाखिर खाएको निवेदनमा उल्लेख गरिएको छ ।

कुनै पनि सार्वजनिक पदमा योग्य, दक्ष व्यक्ति नियुक्त हुनुपर्नेमा डंगोलले ढाँटेर जाखिर खाएको बताइएको छ ।

काठमाडौं महानगरकै एक व्यक्तिले दिएको निवेदनमा डंगोलले पाँच वर्ष पदमा रहँदा मासिक ८० हजार तलब खाने गरेको पनि उल्लेख गरिएको छ ।

डंगोललाई नियन्त्रणमा लिई अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन २०४९ को दफा १६ अनुसार कारबाही गरी उनले पाएको रकम तथा जरिवानसमेत असुर उपर गर्न निवेदनमा माग गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ९ : ४८ बजे