Logo

समाचार

विश्वराज पोखरेललाई नेपाल प्रहरी र राजु अर्याललाई शसस्त्रको आईजीपी बनाउने मन्त्रिपरिषद्को तयारी



काठमाडौं। सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक आईजीपी विश्वराज पोखरेललाई बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेको हो ।

यस्तै, बैठकले शसस्त्र प्रहरीको आईजीपी राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्ष शैलेश थापा र शसस्त्रका पुष्पराज केसीले आजबाट अनिवार्य अवकाश पाउँदैछन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ४३ बजे