Logo

Breaking News 1

मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरी र शसस्त्रमा नयाँ आईजीपी नियुक्त होलान् ?



काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकले मुख्यत: नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

नेपाल प्रहरीका महानिरीक्ष शैलेश थापा र शसस्त्रका पुष्पराज केसीले आजबाट अनिवार्य अवकाश पाउँदैछन् ।

नेपाल प्रहरीको महानिरीक्षकका लागि विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र धानुक दौडमा रहेका छन् ।

सशस्त्रको नयाँ महानिरीक्षक भने राजु अर्याल निश्चित भइसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ३१ बजे