Logo

समाचार

तीन वायु प्रणालीको प्रभाव: चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा कर्णाली र मधेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ०४ बजे