Logo

Breaking News 1

विमानको शौचालयमा लुकाएर सुन तस्करी, विमानस्थल कर्मचारीसहित पाँचजना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको शौचालयमा सुन लुकाएर तस्करी हुने गरेको खुलेको छ ।

विमानस्थल सुरक्षा कार्यालयले विमानको शौचालयमा दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना विमानस्थलकै कर्मचारीसमेत रहेका छन् ।

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् ।

उनीहरुले विमानमा लुकाएर ल्याइएको सुन विमानस्थलबाट बाहिर निकाल्ने काम गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, पक्राउ पर्नेमा पाँचथरको याङवरक-५ का २८ वर्षीय भीमकुमार माबो, उदयपुरको लिम्चुङबुङका-२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरिशंकर-२ का ४१ वर्षिय हेमबहादुर थापा पनि रहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ४२ बजे