Logo

अर्थ

शुक्रबार १२ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य शुक्रबार भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १२ सयले बढेको हो ।

बिहीबार ९८ हजारमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला ९९ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : ३१ बजे