Logo

Breaking News 1

माधब नेपालको खरो टिप्पणी : ओलीले देश लुट्ने र चुस्ने मात्र काम गरे !



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले देश लुट्ने र चुस्ने मात्र काम गरेको आरोप लगाएका छन् ।

उनले यो देशमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्ति ओली भएको समेत बताए । बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले भने,‘ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र भएको छ ।’ केपी ओली भएका बेला उनले पनि केही काम गरे,’ नेपालले भने, ‘यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने काम गरे । उनले लुट्ने, चुस्ने काम गरे । देश र जनताको सेवा गर्ने काम हामीले गर्यौं । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले ग¥यौं ।’

ओलीको चर्को आलोचना गरेका उनले ‘गफाडी नम्बर १’को संज्ञा दिए ‘गफमा उनी अगाडि, काममा हामी अगाडि,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘गफाडी नम्बर १ उनी, काममा अत्यन्तै फास्ट हामी । यही हो दुईटामा रहेको फरक । हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे ।’
अध्यक्ष नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको दाबी गरे । २०५१ सालमा केपी ओली (एमाले अध्यक्ष)ले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गरे ।

‘२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । हामीले नै अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेका हौं,’ उनले भनेका छन्, ‘अहिले म सुन्दै छु, एमालेको ओली गुटले हामीले ग¥यौं भन्दै छन् । उनको त भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो ।’ ओलीले सबैतिर झुठ कुराहरु मात्र फैलाएको अध्यक्ष नेपालको दावी छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : ०४ बजे