Logo

समाचार

गायक प्रमोद खरेलको सवारी दुर्घटना



काठमाडौं । गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ ।

दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।

‘हिजो साँझ काठमाडौंमा रेकर्डिङ सकेर नेपालगञ्जको फ्लाइटबाट दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति १ बजे होटल पुग्न १० मिनेट अघि मात्रै आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्‍यो,’ उनले लेखेका छन् ।

दुई जना आयोजक पनि घाइते भएको उनले जानकारी दिए । दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् ।

राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : २० बजे