Logo

समाचार

टिपरको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु



काठमाडौं । टिप्परको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोमा सोमबार राति टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले नयाँथिमी तर्फ आउँदै गरेको बा प्र-०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो ।

स्कुटरमा पछाडी सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षीय बिमल श्रेष्ठ घाइते भएका छन् ।

टिपर र चाललाई नियन्त्रण्मा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ५२ बजे