काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख २३ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको संख्यात्मक विवरण ९प्रणालीमा प्रविष्टि० गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।
स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।
आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
प्रतिक्रिया