Logo

निर्वाचन विशेष

कांग्रेसबाट चन्दननाथको मेयरमा शाही र उपमेयरमा खड्काको उम्मेदवारी



जुम्ला । नेपाली कांग्रेसले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा रामदेवि खड्कालाई उम्मेदवार बनाएको छ ।

मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । उनले लामो समयदेखि जुम्लामा कानुनी वकालत गर्दै आएका थिए । यस्तै, उपमेयर पदका उम्मेदर रामदेवि खड्का सफल व्यवसायी हुन् । खड्का लामो समयदेखि राजनीतिसँगसगै जुम्लामा व्यवसाय गर्दै आएकी थिइन् ।

पार्टीले टिकट दिएपछि मनोनयन पत्र दर्ता गर्न जाने तयारी गरेको मेयर पदका उम्मेदवार शाहीले बताए । शाही पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुन् भने उपमेयर खड्का कांग्रेस नेता रामचन्द्र पौडेल निकट हुन् ।

यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ५७ बजे