Logo

मुख्य समाचार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ



काठमाडौं । तीस वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेको थिए । अस्मिताको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई पक्राउ गरेको हो ।

यस्तै, मकवानपुरमा २८ वर्षीया दिया शर्माको हत्या गरेको आरकोपमा प्रहरीले उनकै श्रीमान्लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनी रहेका छन् । उनलाई आइतबर राति प्रहरीले पक्राउ गरेको हो ।

पवनले घरायसी विवाद हुँदा श्रीमतीको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ४० बजे