Logo

खेलकुद

एसियन गेम्सका लागि बक्सिङ खेलाडी छनोट मिति परिवर्तन



काठमाडौं । नेपाल बक्सिङ संघले चीनमा हुने १९औं एसियन गेम्सका लागि तय खुला छनोटको मिति परिवर्तन गरेको छ । यसअघि संघले १२-१५ वैशाखमा हुने भनेको छनोट १४-१७ वैशाखसम्म गर्ने निर्णय गरेको हो ।

बक्सिङसंघले आफूसँग आवद्ध सम्पूर्ण जिल्ला संघलाई मिति परिवर्तनको पत्र समेत पठाएको छ । संघले छनोट भएका महिला खेलाडीलाई भने टर्कीको स्तानबुलम प्रशिक्षण गराउने भएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोटमा स्थान दिने प्रचलन भए पनि प्रतियोगिता ढिला हुँदा संघले त्यसअघि नै छनोट गरि खेलाडी नाम आयोजकलाई पठाउन लागेको हो ।

संघले महिलातर्फ ४८ देखि ५१ केजीबाट दुई खेलाडी, ५४ देखि ५७ केजीबाट तीन, ५७ देखि ६० केजीमा तीन र ६४ देखि ६९ सम्मका चार खेलाडी छनोट हुने जनाएको छ ।

यस्तै पुरुषतर्फ ४९ देखि ५२ केजीसम्म चारजना, ५२ देखि ५७ केजीसम्म चार, ५७ देखि ६३ केजीसम्म चार र ६९ देखि ७५ केजीसम्म चारजना छनोट हुने बताएको छ ।

संघले छनोटमा सहभागी हुने खेलाडीले आफ्नो व्यवस्था आफैंले गर्नुपर्ने आठौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गरेका खेलाडीलाई प्राथमिकता दिने बताएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : २४ बजे