Logo

Breaking News 1

काममा फर्किए गभर्नर अधिकारी



काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि निलम्बनमा रहेका राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी आजबाट काममा फर्किएका छन् । १२ दिनपछि उनी राष्ट्र बैँक फर्किएका हुन् ।

सरकारले गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको आरोप लगाउँदै अधिकारीलाई निलम्बन गरेको थियो । निलम्बनविरुद्व अधिकारी सर्वोच्च पुगेका थिए ।

मंगलबार सर्वोच्चले पहिलो सुनुवाई गर्दै न्यायाधीश हरि फुयालको एकल इजलासले ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ । राष्ट्र बैंकमा पुनर्बहाली गर्दै गभर्नर अधिकारीले काममा आग्रह–पूर्वाग्रह नराख्ने बताए ।

“हामी व्यक्ति भन्दा पनि संस्था नै हौँ । नेपाल राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय संस्था हो । आग्रह–पूर्वाग्रह राखेर काम हुँदैन । त्यसमा सतर्क हुनेछौँ,” उनले भने ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ५२ बजे