Logo

Breaking News 1

नेकपा (एकीकृत समाजवादी)ले सार्वजनिक गर्यो घोषणा पत्र



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको छ ।

त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष माधवकुमार नेपालले आफूहरु अपमानका विरुद्ध विद्रोह गरेको आएको बताए । नेकपा एसले मेची देखि महाकालीसम्म जनलहर सिर्जना गरेको अध्यक्ष नेपालले बताए ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन्।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ०३ बजे