Logo

Breaking News 1

निलम्बित गभर्नर अधिकारीको रिटको सुनुवाई न्यायाधीस फुयाँलको इजलासमा



काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।

अधिकारीले सोमबार दर्ता गराएको रिटको पेशी आज तोकिएकोमा फुयाँलको इजलासमा पहिलो सुनुवाई हुन लागेको हो ।

सरकारले अनाधिकृत रुपमा आफूलाई निलम्बन गरेको भन्दै निलम्बन खारेजीको माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।

गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको आरोप लगाउँदै सरकारले चैत २५ गते छानबिन समिति गठन गरेपछि अधिकारी निलम्बनमा परेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : ०७ बजे