Logo

समाचार

एकीकृत समाजवादी र गौरवशाली पार्टीबीच एकता हुँदै



काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० र नेकपा (गौरवशाली) पार्टीबीच आज (मंगलबार) दिउँसो १ बजे राष्ट्रियसभामा एकता हुन लागेको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा. वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : ५८ बजे