Logo

अर्थ

महालक्ष्मी विकास बैंकको तेस्रो त्रैमासमा खुद नाफा ७६.९८ प्रतिशत



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ७६.९८ प्रतिशत बढेर ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४० करोड ३६ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १५.६४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ९८ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ७२ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २७ करोड ३२ लाख रुपैयाँबाट घटेर १५ लाख रुपैयाँमा सिमित भएके छ । बैंकको सञ्चालन मुनाफा ८०.२५ प्रतिशत बढेर १ अर्ब ९८ लाख १७ हजार रुपैयाँ, वितरणयोग्य नाफा ४५ करोड ८३ लाख ४ हजार रुपैयाँ र नेटफि एण्ड कमिसन आम्दानी १५ करोड १५ लाख २२ हजार रुपैयाँ रहेको छ ।

९ महिनाको अवधिमा बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेर ४ अर्ब १ करोड ८ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष ३.८५ प्रतिशत बढेर २ अर्ब २४ करोड ७५ लाख ४७ हजार रुपैयाँ, निक्षेप संकलन ८.२१ प्रतिशत बढेर ४१ अर्ब ७७ करोड ९५ लाख ९० हजार रुपैयाँ र कर्जा २६।५१ प्रतिशत बढेर ३८ अर्ब ८ करोड ६८ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा बढेर २३ रुपैयाँ ७४ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १० पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७।२७ गुणा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : १२ बजे