Logo

समाचार

सुदूरपश्चिममा गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी



काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा एक सिट रहेको जनता समाजवादी पार्टीले सत्तारुढ गठवन्धनबाट निस्किने चेतावनी दिएको छ ।

पाँच दलीय गठबन्धन मध्येको एक दल जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीलाई विभेद गरेको भन्दै गठबन्धनमा रहनुको अर्थ नरहने बताएको हो ।

शुक्रबार सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री थपिँदा जसपालाई सहभागी नगराएको भन्दै जसपा रुष्ट भएको हो ।

यसअघि, सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी पार्टीको सहभागिता रहेको थियो । कांग्रेसले सरकारमा सहभागी नगराए प्रदेशमा गठबन्धन नहुने भन्दै आएपछि कांग्रेसका दुई मन्त्री एक राज्य मन्त्री थपिएका हुन । तर, जसपालाई सरकार पुर्नठनमा वास्ता नगरेको भन्दै गठबन्धन तोड्ने जसपाका प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरीले बताए ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी जसपाको तर्फबाट एक जना प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : १८ बजे