Logo

खेलकुद

बिच भलिबलको उपाधि पुलिसलाई



काठमाडौं । लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा पूर्व राष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को पराजित गर्यो । प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई सोझो सेटमा हराएको थियो ।

यस्तै, लुम्बिनीले क्वार्टरफाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताको विजेता बनेसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : १४ बजे