Logo

Breaking News 1

देउवाको भारत भ्रमणः हल्ला कम, उपलब्धि ज्यादा



काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवा भारतको भ्रमण गरेर आइतबार साँझ स्वदेश फर्केपछि धेरै सकारात्मक चर्चाहरु चलेका छन् । विपक्षीले पनि देउवाको बिरोधका नाममा कुनै बिषय पाउन सकेको छैन । किनकी देउवाले कम बोलेरै भारतसंग कुटनीति चातुर्यता देखाउन सफल भएका छन् ।

पञ्चायत शासनको तीस वर्षीय लामो कालखण्डसम्म प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालाको व्यक्तिगत निकटता भारतका समाजवादी नेतासँग रह्यो । स्वनिर्वासनको क्रममा प्रवासमा रहँदा जयप्रकाश नारायण, राम मनोहर लोहिया लगायत संगको मित्रवत सम्बन्धका कारण कोइरालालाई तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग अपेक्षित सामीप्य प्राप्त हुन नसकेर पनि सम्भवत नेपालमा राजनीतिक परिवर्तनलाई ढिलाई भए होला ।

प्रधानमन्त्री देउवाको कार्यकालमा कूटनीतिले फड्को मारेको र नेपालको महत्व स्थापित भएको हेर्ने रहर आमनागरिकलाई छ । नेपालले विगतमा खेलेको जस्तो सक्रिय कूटनीति आवश्यक छ । भ्रमणबाट के प्राप्त भयो भन्नुभन्दा पनि कूटनीतिक संक्रियता र संलग्नताले बढ्ता भूमिका खेल्छ ।

वर्तमान भारतीय राजनीतिक परिदृश्यमा भारतीय जनता पार्टीलाई निर्णायक भूमिका प्राप्त छ । उक्त दल एवम् तीनका नेतासँगको सम्बन्धबाट पनि नेपालको संवेदनशील मुद्दालाई सम्बोधन गराउन सक्ने बुद्धिचातुर्य देखाएर प्रधानमन्त्री देउवाले आफू कुशल कूटनीतिक जानकार रहेको प्रमाणित गरेका छन् । नक्सा प्रकरणबाट प्रदर्शित अराजक र परिणाम बिहीन कटुतापूर्ण अभिव्यक्तिबाट अहिलेसम्म के नै प्राप्त भएको थियो र ?

गत असार २९ मा पाँचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएका देउवाले करिब नौ महिनामा भारत भ्रमण गरेका हुन् । उनको यो भ्रमण निकै अघि हुनुपर्नेमा कोभिड–१९ र भारतको अनिच्छा दुवैका कारण ढिला भएको हो । यो भ्रमणका क्रममा भारतले दर्शाएको आतिथ्य र देखाएको उत्सुकताले भने देउवालाई पक्कै पनि उत्साहित तुल्याएको हुनुपर्छ । उत्तरको छिमेकी चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले चैत १२ देखि १४ सम्म नेपाल भ्रमण गरेर फर्केलगत्तै देउवाको भारत भ्रमण भएको हो ।

बदलिँदो विश्व व्यवस्थाका कारण पनि नेपालको महत्व पुनः स्थापित भएको हो । रुस र युक्रेनबीचको युद्धले सिर्जना गरेको जटिलता र नेपालले युक्रेनको पक्षमा राखेको प्रष्ट अडानले केही न केही प्रभाव पारेको छ । यो स्थितिमा नेपालप्रति छिमेकीहरूको चासो पनि बढेको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग नेपालले गरेको सम्झौता प्रतिनिधिसभाबाट फागुन १५ गते पारित भएपछि स्वाभाविकरूपमा चीनको चासो यसमा प्रकट भएको हो । त्यसैकारण एक महिनामै चीनका विदेशमन्त्रीको भ्रमण भएको हो । तर त्यो भ्रमणको उपलब्धि अन्य केही नभए पनि दुई देशबीचको सम्बन्धमा रहेका शंका मेटाउन भने भूमिका खेलेको हो। ढिलै होस्, उच्चस्तरीय भेटघाट हुन थालेका छन् । यसले नेपाललाई आफ्नो महत्व स्थापित गर्ने अवसर प्राप्त भएको छ ।

एमसिसी पारित, चिनियाँ विदेश मन्त्रीको भ्रमण र भारतमा प्रधानमन्त्री देउवाको भ्रमण दुई महिनाभित्र हुनु भनेको कूटनीतिक सक्रियता बढेको दृष्टान्त पनि हो । यसपटक भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना कार्यान्वयनप्रति भारतले दर्शाएको प्रतिबद्धता उत्साहप्रद् छ । २६ वर्षअघि २०५२ माघ २९ गते संसद्को दुवै सदनको दुईतिहाइ बहुमतले नेपाल–भारतबीच सम्पन्न महाकाली सन्धि अनुमोदन गरेको थियो । पञ्चेश्वर परियोजना यही सन्धिअन्तर्गतको हो ।
भारतीय राजनीतिमा भारतीय जनता पार्टी र त्यसका नेतासँगको सम्बन्धबाट पनि नेपालको संवेदनशील मुद्दालाई सम्बोधन गराउन सक्ने चातुर्य देखाएर प्रधानमन्त्री देउवाले कूटनीतिक कौशल देखाएका छन् ।

वर्तमान भारतीय राजनीतिक परिदृश्यमा भारतीय जनता पार्टीलाई निर्णायक भूमिका प्राप्त छ । उक्त दल एवम् तीनका नेतासँगको सम्बन्धबाट पनि नेपालको संवेदनशील मुद्दालाई सम्बोधन गराउन सक्ने बुद्धिचातुर्य देखाएर प्रधानमन्त्री देउवाले आफू कुशल कूटनीतिक जानकार रहेको प्रमाणित गरेका छन् ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवा आइतबार बिहान नेपाली प्रतिनिधिमण्डलसहित बनारस पुगेका थिए । जहाँ देउवाद्वारा काशी विश्वनाथ मन्दिर, बनारस हिन्दु विश्वविद्यालय र बीपी कोइराला भाडामा बसेको घरको पनि अवलोकन गर्ने कार्यक्रम थियो । यसैगरी उत्तर प्रदेशमा निर्मित पशुपतिनाथ मन्दिरको उद्घाटन कार्यक्रम राखिएको थियो । शेरबहादुर देउवाले पत्नी आरजुसहित बाबा विश्वनाथ मन्दिरको दर्शन र विधिविधानअनुसार पूजापाठ गरेका छन् । जसमा पलेँटी कसेर बसेका मन्त्री र होम गर्न उभिएकी पम्फा भुसाललाई देखिनु रोचक बनेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पशुपतिनाथ र मुक्तिनाथको दर्शन र पूजापाठ गरेका थिए । अहिले प्रधानमन्त्री देउवाले पनि मोदीको संसदीय क्षेत्रमा पुगेर त्यहाँ रहेको बाबा विश्वनाथको दर्शन र पूजा गर्नु सुखद संयोग भएको छ । काशी भ्रमणका क्रममा देउवाले नेपालका मन्दिरसँग सम्बद्ध वृद्धाश्रमलाई जीर्णोद्धारको लागि शिलान्यास गरेका छन् ।

नेपालका लागि काशी भनेको परम तीर्थ स्थान हो। साथै यसको राजनीतिक महत्त्व पनि उक्तिकै छ । काशीमा नेपालको नेतृत्व तहबाट दुई सय ३८ पछि कुनै पनि योजनाको शिलान्यास भएको हो । यसअघि सन् १७८४ मा राजा रणबहादुर शाहले बनारसमा पशुपतिनाथ मन्दिर र धर्मशालाको शिलान्यास गरेका थिए । जुन सन् १७८७ मा तयार भएर रणबहादुर शाहबाट नै उद्घाटन पनि भएको थियो । अर्थात् २ सय ३८ वर्षअघि रचित इतिहासलाई देउवाले दोहोर्याउने अवसर पाएका छन् ।

नेपाल भारतबीचको सम्बन्ध औपचारिक मात्र नभई सामाजिक, सांस्कृतिक, धार्मिक र पारिवारिक स्तरसम्म छ । देउवा भ्रमणलाई राजनीतिक, कूटनीतिक, आर्थिक र धार्मिक गतिविधिमा केन्द्रित गरेर बहुआयामिक बनाएका छन् ।

बनारसस्थित एयरपोर्टमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधामन्त्री देउवा, पत्नी आरजु र मन्त्रीलाई स्वागत गरेका थिए । त्यहाँबाट उनीहरू कालभैरव मन्दिर पुगेर पूजापाठ गरेपछि बाबा विश्वनाथ धाम पुगेका थिए । मन्दिरमा पनि देउवाको स्वागतमा ‘ॐ नमः शिवाय’ धुन बजाइएको थियो ।

नेपालमा भारतबारे प्रायजसो दुई प्रकारका दृष्टिकोण रहेको पाइन्छ । कतिपयको बुझाइमा यी दुई देशबीच औपचारिक र असल छिमेकीसँग जस्तै सम्बन्ध हुनुपर्दछ । जसअनुसार यसलाई कुनै प्रकारको विशेष आवरण दिनु आवश्यक छैन । जबकी धेरैलाई नेपाल भारतबीचको सम्बन्ध औपचारिक मात्र नभई सामाजिक, सांस्कृतिक, धार्मिक र पारिवारिक स्तरसम्म रहेको लाग्छ र यही यथार्थलाई स्वीकार गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकको औपचारिक भारत भ्रमणलाई राजनीतिक, कूटनीतिक, आर्थिक र धार्मिक गतिविधिमा केन्द्रित गरेर बहुआयामिक बनाउन सफल भएका छन् ।

एमसिसी पारित, चिनियाँ विदेश मन्त्रीको भ्रमण र भारतमा प्रधानमन्त्री देउवाको भ्रमण दुई महिनाभित्र हुनु भनेको कूटनीतिक सक्रियता बढेको दृष्टान्त पनि हो । यसपटक भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना कार्यान्वयनप्रति भारतले दर्शाएको प्रतिबद्धता उत्साहप्रद् छ ।

यतिका वर्षसम्म पञ्चेश्वर परियोजना कार्यान्वयन नहुनुलाई भारतकै अनिच्छाले काम गरेको छ । महाकाली सन्धिपछि भारतलाई पानी प्राप्त गर्न सजिलो भएको छ। सन्धि कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना अगाडि बढाउन सकेको भए यसले स्वाभाविकरूपमा नेपाललाई फाइदा पुग्ने थियो । नेपालको प्रगतिमा भारतको साथ रहेको दृष्टान्त दिन पनि यसले मद्दत पुर्याउने थियो ।

महाकाली सन्धि संसद्बाट पारित गर्ने बेलामा पनि देउवा मुलुकको प्रधानमन्त्री रहेका थिए । सन्धिमा हस्ताक्षर प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी पिभी नरसिंह रावले गरेका थिए। त्यसयताका अढाइ दशकमा भारतमा पटक–पटक निर्वाचनपछि प्रधानमन्त्री फेरिँदै अहिले नरेन्द्र मोदीले सत्ताको बागडोर लिएका छन्। उनले यसको कार्यान्वयनका निम्ति प्रतिबद्धता व्यक्त गर्दा स्वाभाविकरूपमा नेपाली उत्साहित भएका छन् ।

तर यसअघि पनि पटक–पटक यसको कार्यान्वयन निम्ति प्रतिबद्धता व्यक्त भए पनि यतिका वर्षसम्म कार्यान्वयन भएको छैन । पञ्चेश्वर परियोजना कार्यान्वयन गर्दा ठूला धनराशि लगानी हुने बुझेर भारतले ढिलाइ गरिरहेको हो भन्ने बुझाइ यहाँ छ । यसको कार्यान्वयन भई अगाडि बढेको खण्डमा दुई देशबीचको सम्बन्धलाई थप घनीभूत बनाउन मद्दत पुग्नेछ । यस्ता सम्झौता कार्यान्वयन भएपछि मात्र भविष्यमा सहकार्यका निम्तिसमेत वातावरण बन्छ। अन्यथा, यसैका आधारमा अविश्वास मात्र बढ्छ ।

देउवाको भारत भ्रमणका क्रममा अन्य त्यस्ता विवादास्पद कुनै सन्धि/सम्झौता भएका छैनन् । विदेश भ्रमणका बेला अनावश्यक विवादबाट जोगिनु पनि एक हदसम्म सफलता हो । त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा देउवाले गरेको भ्रमणको विषय भने विवादमा आएको छ । सकेसम्म कुनै दलविशेषको मुख्यालयमा प्रधानमन्त्री जानु उचित हुँदैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ मा चीनको भ्रमण गरेका बेला त्यहाँको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालयमा भ्रमण गर्नुका साथै त्यहाँ प्रशिक्षणसमेत दिएका थिए । औपचारिक भ्रमणका निम्ति गएका जुनसुकै प्रधानमन्त्रीले मुलुकको शिष्टाचार नाघेर आतिथेय मुलुकको कुनै दलविशेषको मुख्यालयमा भ्रमण गर्दा सकारात्मक सन्देश जाँदैन । यस्ता पक्षमा सिकेर अगाडि बढ्नु उचित हुन्छ ।

नेपाल भारतबीचको सम्बन्ध औपचारिक मात्र नभई सामाजिक, सांस्कृतिक, धार्मिक र पारिवारिक स्तरसम्म छ । देउवा भ्रमणलाई राजनीतिक, कूटनीतिक, आर्थिक र धार्मिक गतिविधिमा केन्द्रित गरेर बहुआयामिक बनाएका छन् ।

हामीले अझै पनि मुलुकको कूटनीतिलाई विशिष्ठ व्यावसायिक ढंगले चलाउन नसकेको भान भने यस्ता भ्रमणका क्रममा हुने गर्छ।

भारतीय सञ्चार माध्यमले यो भ्रमणलाई दिएको महत्वले पनि नेपालप्रति अरू चासो रहेको देखाउँछ । भ्रमणका क्रममा भएका ऊर्जा, रेल र इन्धनसम्बन्धी सम्झौताको कार्यान्वयनमा पनि उत्तिकै सजग हुनु आवश्यक छ । भ्रमणका क्रममा सम्झौता गर्ने र बिर्सिने हुनुहुँदैन । विद्युत् प्रसारण लाइन र रेलको उद्घाटनले सम्बन्धमा गति ल्याउन सहयोग गर्छ । भ्रमणले आगामी सहकार्यलाई प्रेरित गर्न सक्नुपर्छ ।
प्रधानमन्त्री र भारतीय समकक्षीले बोलेका बेला दिने जवाफमा तत्काल केही कुरा सम्बोधन गरिहाल्नुपर्ने भएमा अद्यावधिक गर्न सकिन्छ । भारतीय प्रधानमन्त्रीले नेपाली समकक्षीलाई भेट्दा त्यहाँको विदेश मन्त्रालय साउथ ब्लकका प्रतिनिधिले नोट लिइरहेको देखिन्छ। नेपालको तर्फबाट भने त्यस्तो केही गरेको देखिँदैन । यस्ता भ्रमण र कुराकानी जहिल्यै संस्थागत स्मृतिमा राख्ने प्रयास हुनुपर्छ । हामीले कूटनीतिमा जति उम्दा व्यवहार गर्न सक्यौँ, त्यति मुलुक अगाडि जाने हो ।

प्रधानमन्त्री देउवाको कार्यकालमा कूटनीतिले फड्को मारेको र नेपालको महत्व स्थापित भएको हेर्ने रहर आमनागरिकलाई छ । नेपालले विगतमा खेलेको जस्तो सक्रिय कूटनीति आवश्यक छ । भ्रमणबाट के प्राप्त भयो भन्नुभन्दा पनि कूटनीतिक संक्रियता र संलग्नताले बढ्ता भूमिका खेल्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : १८ बजे