काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मलेसियाले नेपालको सामना गर्दैछ ।
कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।
खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई सुरुवाती एघारमा स्थान दिइएको छ ।
आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ । यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ ।
नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ ।
नेपालले मलेसियालाई हराए पपुवा न्यु गिनी(पिएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।
पिएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ ।
दोस्रो स्थानको पिएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पिएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो ।
प्रतिक्रिया