Logo

विश्व

‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हत्याको षड्यन्त्र रचियो’



एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हत्याको षड्यन्त्र रचिएको दाबी गरिएको छ । पाकिस्तानमा सूचना एवं प्रशारण मन्त्री फवाद हुसैन चौधरीले यस्तो दाबी गरेका हुन् ।

उनले ट्वीटरमा सुरक्षा एजेन्सीले यस्तो जानकारी दिएको बताएका छन् ।

फवाद चौधरीले थपेका छन्, ‘त्यसपछि सरकारको निर्णय अनुसार प्रधानमन्त्री खानको सुरक्षामा कडाई गरिएको छ ।’

प्रधानमन्त्री इमरान खानको सरकार अविश्वास प्रस्तावमा सामना गरिरहेको छ । तीन अप्रिलमा यसबारे चर्चाका लागि मतदान हुँदैछ ।

एक दिन अघि राष्ट्रको नाममा आफ्नो सन्देशमा प्रधानमन्त्री इमरान खानले आफूले अन्तिम समयसम्म पनि लड्ने र राजीनामा नदिने बताएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : ४४ बजे