Logo

मुख्य समाचार

सरकारमा सहभागी हुन लोसपा तयार


१८ चैत्र २०७८, शुक्रबार  

0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गर्दै आएका छन् ।

लोसपा कार्यकारिणी समिति बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।

सरकारमा सहभागी हुन र चुनावी तालमेलका लागि गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको जानकारी गराउँदै ठाकुर र महतोले आफूहरूको माग सम्बोधन भए सोहीअनुसार अगाडि बढ्नुपर्ने हुन सक्ने बताए ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र ठाकुर, महतोबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलका क्रममा ठाकुर र महतोले नागरिकता समस्या समाधान गर्नुपर्ने, झुठा मुद्दा फिर्ता भए सरकारमा सहभागी हुन सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

लोसपा कार्यकारिणी बैठकमा स्थानीय तह निर्वाचन, पार्टीको विधान अधिवेशन, गठबन्धनका सर्त तथा सरकारमा सहभागिताजस्ता विषयमा छलफल भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : १५ बजे