Logo

मुख्य समाचार

औरही गाउँपालिकाकी उपाध्यक्ष यादवद्वारा जसपा परित्याग



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट गाउँपालिकाकी उपाध्यक्ष बनेकी औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादवले पार्टी परित्याग गरेकी छिन् ।

यादवले एक विज्ञप्ति जारी गर्दै आफू जसपाको साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेको बताएकी छिन् ।

पार्टीभित्र आफ्नो कामको मूल्यांकन नभएको र अपमानित गर्ने प्रवृति देखिएपछि आफूले पार्टी छोडेको उनले बताएकी छिन् । उनी नेपाली कांग्रेस प्रवेश गर्ने तयारी गरेकी छिन् ।

आगामी २५ गते एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गर्ने तयारी भएको जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ३ : ५५ बजे