Logo

समाचार

नेविसंघका नवनियुक्त अध्यक्ष शेर्पा आज पदभार सम्हाल्दै



काठमाडौं । नेपाल विद्यार्थी संघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले आज शुक्रबार पदभार सम्हाल्ने भएका छन् ।

दिउँसो ११ बजे पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने छन् ।

नेपाली कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको थियो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वअध्यक्ष ढुंगानाले अनामनगरस्थित संघको कार्यालयमा पद हस्तान्तरण गर्ने शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको ३ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ५१ बजे