Logo

खेलकुद

अस्ट्रेलियालाई हराएको जापान र साउदी विश्वकपमा छनोट



काठमाडौं। दुई एसियन टोली जापान र साउदी अरेबियाले विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन् ।

विश्वकपको एसियन छनोटअन्तर्गत बिहीबार भएको अन्तिम चरणको खेलमा जापानले अस्ट्रेलियालाई २–० ले पराजित गरेसँगै समूह ए मा २१ अंक जोडेको जापानले विश्वकपको टिकट काटेको हो ।

अस्ट्रेलिया पराजित भएसँगै समूह ए मा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको साउदीले पनि विश्वकपमा आफ्नो स्थान पक्का गर्‍यो ।

अस्ट्रेलिया भने अब विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहने टोलीसँग प्लेअफ खेल्नेछ ।

बिहीबार जापानलाई घरेलु टोलीविरुद्ध जित दिलाउन दुवै गोल काउरु मितोमाले गरे ।

मितोमाले खेल सकिन एक मिनेट बाँकी रहँदा जापानलाई अग्रता दिलाएका थिए । यस्तै, इन्जुरी समयमा मितोमाले नै गोल गर्दै जापानलाई कतार विश्वकपसम्म दोहोर्‍याए । जापानले लगातार सातौँ पटक विश्वकप खेल्ने भएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ५ : ५७ बजे