Logo

मुख्य समाचार

वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८ लाख बिगो दाबी



काठमाण्डाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् ।

वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरुले सरकारलाई हानिनोक्सानी पु¥याउने बदनियतले औषधि खरिद तथा ढुवानीमा भ्रष्टाचार गरेको भेटिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ५ : २९ बजे