Logo

मुख्य समाचार

नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत


२७ कार्तिक २०८३, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरीलाई मनोनीत गरेको छ ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कार्तिक २६ गते गिरीलाई महासंघको अध्यक्षमा मनोनीत गरेको हो ।

समितिका तर्फबाट प्रा.डा. शशांक कोइरालाले गिरीलाई पठाएको पत्रमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअ र पार्टीको विधान बमोजिम अध्यक्षमा मनोनयन गरिएको उल्लेख छ ।

गिरीलाई आगामी ६ महिनाभित्र नेपाल सांस्कृतिक महासंघको महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउन जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, बिहिबार  ३ : ५८ बजे