काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भीमफेदी नजिक चिसापानीगढीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले दुर्घटनामा १० जनाको निधन भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा भएको हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको छ । यस अकल्पनीय दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, दुर्घटनामा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । ईश्वरले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून् ।’








प्रतिक्रिया