Logo

मुख्य समाचार

भीमफेदी दुर्घटना अपडेट : डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार


२७ कार्तिक २०८३, बिहिबार  

0
Shares

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय (ईभी) हाइस दुर्घटनाबाट डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार गरिएको छ ।

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार थिए । दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, बिहिबार  १ : ४३ बजे