Logo

Breaking News 1

घोषणापत्र केन्द्रित छलफल गर्दै एमाले



काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा आज बिहीबार स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ ।

घोषणापत्रमा पार्टीले समावेश गर्ने एजेण्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य अइन्द्रसुन्दर नेम्बाङले जानकारी दिए । निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए ।

यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ । बैठकमा रिपोर्टिङ भने बुधबार नै सकिएको छ ।

एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ५५ बजे