Logo

समाचार

पहाडी भूभाग हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

शुक्रबार दिउँसो प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ११ बजे