काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागको मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ ।
त्यस्तै, राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली हुने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।








प्रतिक्रिया