Logo

कर्णाली प्रदेश

नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही



जुम्ला । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

जुम्लामा आयोजित लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनमन्त्री शाहीले दण्ड जरिवाना र सजाय दिने नीति निर्माण गरेर मात्रै लागूऔषध नरोकिने भन्दै चेतना विकासमा जोड दिन आबश्यक रहेको बताए ।

नीति निर्माण भएपनि बढ्दो बेरोजगारी,अभिभावकको लापरबाहि,युवामैत्री नीतिको अभाव,विकासमा युवासहभागिताको कमी लगायतका कारणले लागूऔषधको प्रयोग बढेकोले रोजगारी सृजना सँगै गाउँगाउँमा चेतना विकासका कार्यक्रम लिएर जान उनले अनुरोध गरे ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ६ : ४९ बजे