Logo

मुख्य समाचार

सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार



काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।

भदौ १० गते आएको बाढीपछि सुरुङभित्र फसेकाको खोजी तथा उद्धारका क्रममा एक जनालाई जीवितै उद्धार गरिएको हो ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आज बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो ।

नेपाली सेनासहितको उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा एक जनालाई जीवित अवस्थामा फेला पारेको हो ।

बाढीका कारण आयोजनामा कार्यरत केही व्यक्ति सुरुङभित्र फसेका थिए । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ९ : ३४ बजे