काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले बाढीपीडितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको बैंकले जनाएको छ ।
बैंकले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, सम्पर्कविहीन व्यक्तिको सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।








प्रतिक्रिया