Logo

समाचार

रुकुम र बैतडीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु



काठमाडौं । रूकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा हाल नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहाताल गाउँपालिका–३ बस्ने २६ वर्षीय निरज बिष्ट छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

आइतबार राती ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकमा सवार २ जना घाइते भएका छन् भने बेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै, बैतडीको पाटन नगरपालिका–६ पाटनमा से.१ ख १२४२ नम्बरको मिनी ट्रक ब्याक गर्ने क्रममा आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकमा सवार सूर्नया गाउँपालिका–३ बस्ने २५ वर्षीया दुर्गा चन्द रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडी हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ पठाइएको छ । अन्य ३ जना घाइते प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ३० बजे