Logo

मुख्य समाचार

जब रुसी सेनालाई ‘घर जाऊ’ भन्दै युक्रेनीले सडकमा रोके



काठमाडौं । युक्रेनी नागरिकहरुले आइतबार खेर्सन सहरमा रुसी सेनासँग विवाद गर्दै उनीहरुलाई स्वदेश फर्किन आह्वान गरेको भिडियो सार्वजनिक भएको छ ।

दुई ओटा रुसी सेनाका गाडी आफूहरुतर्फ बढेपछि युक्रेनी सर्वसाधारणले ‘घर जाऊ’ भन्दै अवरोध गरेका थिए । त्यसपछि रुसी सेना आफ्नो गाडी फर्काउन बाध्य भएको थियो ।

रोयर्टसले सार्वजनिक गरेको सो भिडियोमा करीब १०० युक्रेनी नागरिकहरुले रुसी सेनाको सवारी मार्ग अवरोध गरेका थिए । सैन्य सवारी साधनहरू रुसी सेनासँग जोडिएको जेड प्रतीकमा चित्रित थिए । सडक छेउका भवन र पसलहरू गुगल स्याटेलाइट तस्बीरसँग मेल खाएको देखिन्छ ।

युक्रेनी प्रदर्शनकारीसँगको विवादपछि रुसी सवारी केहीबेर घुमेर सो स्थान तत्काल छाडेका थिए । प्रदर्शनकारीहरुमध्ये केहीले युक्रेनको झन्डा लिएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : २२ बजे