Logo

समाचार

स्थानीय चुनावका लागि अर्घाखाँचीमा ८ दल दर्ता



अर्घाखाँची । स्थानीय चुनावका लागि अर्घाखाँचीमा ८ दल दर्ता भएका छन् । विवेकशिल साझा,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, उन्नत लोकतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल परिवार दल दर्ता भएका हुन् ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र ८ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रवी अर्यालले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्ट सहित ५ राष्ट्रिय मान्यता प्राप्त दल छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ३३ बजे