Logo

खेलकुद

साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाल सोमबार भारतलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई त्यति सजिलो भने छैन ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको पहिलो खेलमा भारतले नेपाललाई शून्यका विरुद्ध ७ गोलले हराएको थियो ।

पहिलो खेलमा भारतसँग पराजित नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ५८ बजे