Logo

समाचार

बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो



लमजुङ । लमजुङका मर्स्याङदी गाउँपालिका–६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।

हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिबार लागेको आगो झनझन् बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएको छैन ।’

मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो । वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार आगो नियन्त्रणका लागि पुगेका थिए ।

डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलो नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ५५ बजे