Logo

विश्व

एशिया र युरोपको बीचमा बन्यो विश्वकै लामो झोलुंगे पुल



एजेन्सी : टर्कीमा विश्वकै लामो झोलुंगे पुल बनेको छ । यसले अब ५ घण्टाको दुरी केवल ६ मिनेटमै तय हुने भएको हो । यो टर्कीमा युरोपेली र एसियाली तट जोड्ने चौथो पुल हो । राष्ट्रपति तैयप एर्दोगानले टर्कीको डार्डानेल्स सडकमा एशिया र युरोपको बीचमा विशाल झोलुंगे पुलको उद्घाटन गरेका हुन् ।
यो पुल राष्ट्रपतिको सबैभन्दा विशेष परियोजनामा समावेश थियो । यसलाई कम समय र अधिक लागतमा बनाइएको छ । टर्कीलाई युरोप र एसियाली तटमा जोड्ने यो कानाक्ल पुल टर्की र दक्षिण कोरियाली फर्मको २.५ अर्ब युरो अर्थात २.८ अर्ब डलरको लगानीमा निर्माण गरिएको हो । राष्ट्रपति तैयप एर्दोगानको एके पार्टी पहिलो पटक २००२ मा सत्तामा आएको थियो । प्रथम विश्व युद्धको अवधिमा डार्डानेल्स्मा फ्रान्सेली र बेलायती सेनाको विरुद्धमा १९१५ मा ओटोमन जलसेनको जीतको वर्षगाठको समय पारेर गरिएको एक उद्घाटन समारोहमा राष्ट्रपति एर्दोगानले भने,‘यो कामले कयौ वर्षसम्म राज्यका लागि लाभ प्रदान गर्नेछ । यी परियोनामा हाम्रो देशको लगानी, कार्यदल र निर्यातलाई अगाडि बढाउनमा ठूलो हिस्सेदारीको काम गर्ने छ ।

एर्दोगानले भने,‘पुलको नाम र यसको उद्घाटनको दिन १८ मार्च १९१५ ले प्रथम विश्व युद्धमा ग्यालीपोली अभियानको हिस्साको रुपमा ओटोमन सैनिकको जीतको सम्झना दिलाउँछ । हामी सधै इतिहास र भविष्य जोड्ने बारेमा कुरा गर्छौ । आज हामी यसलाई गरिरहेका छौ ।’ इस्तानबुलमा १५ अर्बको नहरको परियोजना लन्च गरिएको थियो । एर्दोगानले यसलाई गत वर्ष लन्च गर्दै क्रेजी प्रोजेक्ट भएको बताएका थिए । यस परियोजनाको उद्देश्य व्यस्त बोस्फोसर जलडमरुमा भएको दबाब टाढा राख्नु रहेको थियो । यद्यपि आलोचकले टर्कीको आर्थिक संकट, पर्यावरणीय जोखिम र सार्वजनिक विरोधलाई हेर्दै परियोजनाको व्यवहारिकतामा सवाल उठाएका छन् ।
पुलको टावर ३१८ मिटर अग्लो र कुल लम्बाइ ४.६ किमी छ । हालसम्म अनातोलिया र ग्यालीपोली प्रायद्विपबीच यात्राका लागि ५ घन्टा लाग्दथ्यो भने पुलको निर्माण भएपछि केवल ६ मिनेटमा यात्रा गर्न सकिने भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : २५ बजे