Logo

Breaking News 1

रुस-युक्रेन युद्धको २५औँ दिन तस्बिरमा (तस्बिरहरु)



काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको २५औँ दिन पुगेको छ ।

अहिलेसम्म युद्धमा सयौँ सर्वसाधारण र हजारौँ दुवै तर्फका सैनिक मारिएका छन् । हालसम्म १२ हजारभन्दा धेरै रुसी सैनिक मात्रै मारिएको दाबी गरिएको छ । ११ सय भन्दा धेरै युक्रेनी सैनिक मारिएको बताइएको छ ।

यी दुवै तथ्यांकलाई पुष्टि भने गर्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, भौतिक संरचनामा युक्रेनले व्यापक क्षति ब्होरेको भएपनि रुसले भने धेरै सैनिक गुमाएको दाबी गरिएको छ ।

२५औँ दिन आइपुग्दा पनि रुसी सेनाको राजधानी किभ नियन्त्रणमा लिने प्रयास सफल हुन सकेको छैन । युक्रेनी सैनिकहरुले अझै पनि डटेर रुसी आक्रमणको प्रतिरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ३७ बजे